धनगढी पुष २७/ बैतडीमा बिधार्थी नेकपा ओली निकट समुहले भोली जिल्ला भेला गर्ने भएको छ। जिल्लाको पाटन नगरपालिकामा युवा बिधार्थी संगठन अनेरास्ववियू बैतडीले भोली जिल्ला भेला गर्न लागेको हो।
अनेरास्ववियु बैतडी द्वारा आयोजित कार्यक्रमलाइ पुर्व मन्त्री एवम् संघिय संसद दामोदर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा बिधार्थी नेता एवम् अनेरास्ववियू केन्द्रीय स्थायी कमिटि सदस्य गोबिन्द गिरीले बताए।
उनले भने,’भेलामा जिल्लाका अन्य नेता कार्यकर्ता र बिधार्थी संगठनको सहभागिता रहने छ।’
भेलाले अनेरास्ववियु जिल्ला कमिटि गठन गर्ने र समसामयिक राजनैतिक परिस्थितिमा जनताको ताजा जनादेशमा जान बल पुर्याउने लगायतका बिषयमा निर्णय गरिने गिरीले बताए।