धनगढी, पुष २७/ विभाजित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले बझाङमा जुलुस र कोणसभा आयोजना गरेका छन्। सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोणसभा गर्नुअघि ओली समर्थकले ’केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा,’ ’आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’ लगायतका नारा लगाएका थिए।
सभालाई सम्बोधन गर्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय संयोजक तथा नेकपा केन्द्रीय सदस्य ऐन महरले जनता सुखी र समृद्ध हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड९नेपालले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका र ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटनको निर्णय लिएका दावी गरे ।
उनले भने, ’नेकपा फुटेको भन्दै जनतामा चिन्ता र चासो भएको छ, पार्टी कानूनी रूपमा विभाजन भएको छैन, केही व्यक्तिहरू बाहिर मात्र गएका हुन्, एक दिन प्रचन्ड-माधव नेपाल पनि केपी ओलीको साथमा आउनेछन्।’ उनले दाहाल-नेपाल पक्षमा रहेका बझाङका कम्युनिष्ट नेताहरू भानुभक्त जोशी, एलवी रावल, दमन भण्डारी, मीनबहादुर कुँवर तथा अन्य नेताहरूलाई पनि अन्त नबरालिएर नेपाल कम्युनिष्ट पाटी नेकपामा आउन आग्रह गरे।
नेकपा जिल्ला इन्चार्ज समेत रहेका भैरवबहादुर सिंहले आफू कतै नभागेको, जनताको माझमै रहेको बताए।