धनगढी, पुष २४/डोटीको जोरायल गाउपालिकामा कांग्रेसको संगठित कार्य द्रुतगतिमा अघि बढाइएको छ ।
जोरायल गाउँपालिका वडान ४ को पार्टी कार्यालय बालुवाटारमा वडा सभापति रण ब थापाको सभापतित्वमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष का प्रत्यासी दिपक बिस्ट जिल्ला सदस्य तथा क्रियाशील सदस्य बितरण टिमका संयोजक भक्त अधिकार अतिथिको नेतृत्वमा जनजाती संघ, दलित संघ, किसान संघ रमहिला संघको तदर्थ समिति गठन भएको छ ।
नेपाल दलित संघका प्रतिनिधि दलित महादिबेशन प्रतिनिधि हर्क ब सार्कीको सहजीकरणमा अम्बर सिंह बिकको नेतृत्वमा गठन भएको हो। त्यसै गरि जनताको संयोजकमा मान ब थापा, किसान संघमा केशब बोहरा, महिला संघमा ममता बोहरा चयन गरिएको छ ।
केपि ओलि नेतृत्वको सरकारको कदमका विरुद्ध कांग्रेसमा गोलबद्द भएर भ्रष्टाचार बिसङ्गतीको विरुद्ध कांग्रेसले सडक सँघर्र्ष गरि सचेत गराउने निर्णय गरेको छ ।
अब कांग्रेसमा गुटगत कुरा नगरी समग्र समाज र कांग्रेसको वकालतमा लाग्ने र जहिले पनि जोरायलमा आफ्नो निजि ठाउँ जस्तै गरि सत्तामा बारम्बार बसेर चुसेकालाइ अबको चुनाबमा सकस पार्ने प्रमुख अतिथि दिपक बिस्टले बताए ।
उनले कांग्रेसको पहलमा बन्दै गरेका बिकासका योजनालाइ अबरुद्ध गर्दै आएका र बिकासमा राजनीति नगर्न पनि जोरायल गाउपालिका लाई अनुरोध पनि गरेका छन ।