धनगढी, पुष २४/ नेकपा ओली समूहले आज धनगढीमा शक्ति प्रदर्शन र सभा गर्दै छ । सभा लाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउँदै छन्।
नेकपा सुदूरपश्चिम९ओली समूह० ले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली अहिले बिहान विमान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नेकार्यक्रम रहेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।
धनगढी रङ्गशालामा दिउँसो १२ बजेदेखि सभा लाई ओलीले सम्बोधन गर्ने छन् । आज हुने सभालाई मध्यनजर गर्दै विमानस्थल देखि धनगढी सम्मको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानै देखि धनगढीका चोक चोकमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदेशका ९ वटै जिल्लाबाट ५० हजार कार्यकर्ता उतार्ने सो पार्टीको दाबी छ । त्यसका लागी करिब एक सय वटा बस पठाइएको एक नेताले बताए ।