धनगढी, २१ पुस/ नेकपाका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको समूहलाई नेकपाको गुट भएको टिप्पणी गरेका छन् ।
ओलीले कम्युनिस्ट पार्टी मन नपराउने र लोकतन्त्र पनि मन नपराउने भन्दै नेता नेपालको समूहलाई एउटा गुट भएको आरोप लगाए । राष्ट्रिय जनता पार्टीले काठमाडौँमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
यस्तै ओलीको अराजक कार्यशैलीको आफूले पहिले पनि विरोध गर्दैआएको उनको भनाइ थियो । विरोध गर्दा पनि ओली नसच्चिएपछि यस्तो अवस्था आएको उनले बताए ।
यस्तै नेता नेपालले पुष्पकमल दाहाल प्रचण्डसँगको लगनगाँठो बाध्यता भएको पनि बताए । ४८ वर्षसम्मको सहयात्रा तोडेर प्रचण्डसँग मिलेको प्रशंस निकाल्दै उनले प्रचण्डलाई ओलीसँग तुलना समेत गरेका थिए । यस क्रममा नेता नेपालले प्रचण्डलाई ओली भन्दा धेरै ठीक भएको बताए ।
प्रचण्डसँग मेरो टक्कर पनि परेको थियो । तर उहाँ ओली भन्दा फार बेटर । नेपालले ओलीसँग काम गर्दाको अनुभव शेयर गर्दै विरोधीलाई सिद्ध्याउनेु एक अराजक शैलोको नेताको रुपमा ओलीलाई चित्रित गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल, प्रचण्ड सहित अरु विपक्षी दलहरुले पनि त्यस कदमको विरोध गर्दैआएका छन् ।
नेता नेपालले आफू र प्रचण्ड भएको समूह नै आधिकारिक नेकपा भएको दावी पनि गरे । तर सत्ताधारी समूहलाई उनले ओली गुट भएको टिप्पणी गरेका छन् ।