धनगढी १८ पुस/ सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठक शनिबार सम्पन्न भएको छ । ३६ जना सांसद सहभागीमा संसदीय दलको बैठक सम्पन्न भएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोलाएको बैठकमा नेकपा प्रदेश इन्चार्ज भीम रावलको सहभागितामा रहेको थियो।
बैठकले ३ बुँदे निर्णय गरेको छ । उक्त निणर्यमा ३० जना प्रदेश सासंदले हस्ताक्षर गरेका छन् ।
बैठकमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा ६ जना सांसदले निर्णयमा हस्ताक्षर गर्न इन्कार गरेका छन्।
प्रतिनिधि सभा विघटनको विरोधमा निर्णयहरु ल्याएपछि हस्ताक्षर नगरेको ओली पक्षीय सांसद लिलाधर भट्टले बताए।
अर्का सांसद नेपालु चौधरीले रेडिमेड निर्णयमा हस्ताक्षर गर्न लगाएपछि आपत्ति जनाउँदै हस्ताक्षर नगरेको प्रतिक्रिया दिएका छन्।
ओली पक्षका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले हस्ताक्षर नगरेका हुन्।
