धनगढी, १७ पुस/ सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाको कोरोना मुक्त भएका छन् । १४ दिन देखी कोरोना संक्रमण भई सभामुख थापा होमआईसुलेनमा बस्दै आएका थिए ।
सभामुख थापा शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना मुक्त भएको सभामुखका स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिए । थापको स्वास्थ्य स्थिती अहिले सामान्य रहेको बताईएको छ ।
कोरोना संक्रमण भएका बेला सभामुख थापालाई छातीमा सामान्य समस्या देखिएको र हल्का ज्वरो मात्रै आएको बताईएको छ । अहिले सभामुख पुर्ण रुपमा स्वस्थ्य रहेको समेत स्वकीय सचिव रोकायले जानकारी दिए ।