• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

५१ किलोको माला लगाएर प्रभु साहले भने : प्रचण्ड र नेपाल प्रतिगमनकारी

"प्रचण्ड र नेपाल प्रतिगमनकारी "

काठमाडौ, पुष १६/ सहरी विकास मन्त्री प्रभु साहले नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमनकारी रहेको टिप्पणी गरेका छन् । राज्यको अधिकार खोसेर आफ्नो हातमा लिने मानिस प्रतिगमनकारी हुने भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अब सम्पुर्ण अधिकार जनतामा दिएकाले उनी अग्रगमनकारी भुुमिकामा रहेको मन्त्री साहले प्रस्टयाए ।

सहरी विकास मन्त्रीको जिम्मेवारीपछि पहिलो पटक रौतहट आएका उनी बिहिवार गरुडास्थित आयोजित नेकपा ओली समूहको जिल्ला भेलामालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संसद बिघटन गरेर चुनावको घोषणा गरेको बताए ।

‘संसद विघटन दुुई किसिमले हुन्छ एउटा हुन्छ एउटा पुर्वराजा ज्ञानेन्द्रले गरेका थिए जुन सबै अधिकार आफनो हातमा लिँदा जनताको आन्दोलनको बलमा संसद पुर्नस्थापना भएको थियो ।

अर्को नेपालका पुर्व प्रधानम्नत्रीहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नयाँ जनादेशका लागी संसद बिघटन गरेका थिए । देश संचालन गर्न कठिनाई हुने परिस्थितमा प्रधानमन्त्रीले अधिकार जनताको हातमा सुम्पेर चुनावबाट नयाँ जनादेश सहित देशले निकास पाउने गर्दछ,’ उनले भने ।

संसद विघटन आफैमा अग्रगमन भएको मन्त्रीसाहले तर्क छ । अनेक छलछाम गरी गत असारको पार्टीको बैठकको हस्ताक्षर किर्ते गरेर प्रचण्ड र नेपालले अबिश्वास प्रस्ताव दर्ता गरेको उनको दाबी छ ।

नेकपाको प्रदेश कमिटी जिल्ला कमिटी गठन भएको महिनौ बित्दा पनि नेकपाका केही महत्वकांक्षी नेताको गलत पवृतिको कारण एकपटक बैठक समेत बस्न नसकेको मन्त्री साहले प्रस्ट पारेका थिए ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष बन्नुु अघि एमालेको अवस्था दयनीय थियो । तर ओली अध्यक्ष बनेपछि एमालेको अवस्था मजबुत मात्र भएन प्रचण्ड स्वंय यसै पार्टीमा आउनुभयो ।’

संसद बिघटनको मुद्दा अदालतमा विचाराधिन रहेका संबैधानिक होकी होइन छुट्याउने अधिकार न्यायलयको भएको मन्त्री साहले बताए ।

रौतहटको जनताको साथ र समर्थनले आफू अहिले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएकोमा जनताको अपेक्षा र जनचाहना अनुसार विकासलाई गतिदिने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेकपा ओलीनिकट जिल्ला भेलामा नेकपा प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डल,सचिव सुमन प्याकुरेल,केन्द्रीय सदस्यहरु रेखा झा, अबुलकलाम आजाद,तुलसीराज गिरी,उद्धव रेग्मी,प्रदेश कमिटी सदस्य राजकिशोर यादव, उपेन्द्र साह,मनोज यादव, प्रदेश सांसद कुन्दन कुश्वाहा, प्रदेश सांसद ज्वाला कुमारी साह, लगायतले प्रधानमन्त्री ओलीले नेकपाकै केही नेताहरुको गद्धारीको कारण संसद बिघटन गर्न बाध्य भएको बताएका थिए ।

गरुडास्थित श्रीराम सुुगर मिलको प्रांगनमा आयोजित नेकपा ओली निकट जिल्ला कार्यकर्ता भेलामा हजारौं मानिसको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्त्री साहलाई नेकपा कार्यकर्ताहरुले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेका थिए ।

बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.