बाजुरा १५ पुस/ बाजुरा जगन्नाथ गाउँपालिका १ मा रहेको वडा कार्यलयमा चोरी भएको छ । वडा कार्यलयमा १३ गते राती अज्ञात समुहले कार्यलयमा भएका कागजपत्र चोरेर लगेको गाँउपालिकाले जनाएको छ । वडा कार्यलयका झ्याल तोडेर चोरी गरेको प्रहरीले जनाएको छ । कार्यलय बाट कम्पुटर, सिपियु, र कार्यलयका अन्य कागजपत्र लगेको प्रहरीले जनकारी दिएको छ । कम्पुटर सँगै महत्वपुण र्फाइल र कागजपत्र चोरी भएपछि वडा कार्यलयको काम काजमा प्रभाबित भएको बताएको छ । प्रहरी घटना स्थलमा पुगी घटनाको अध्ययन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्ले चोरी गरेको कुनै पनि जानकारी नभएको गाँउपालिकाले जनाएको छ । कम्पुटर र महत्वपुर्ण कागजपत्र चोरी भएपछि बडा कार्यलयमा हुने कामकाजमा प्रभाबित भएको छ । सबै रेकर्ड कम्पुटर र फाइलमा थिए चोरी भएपछि काममा समस्या भएको वडा कार्यलयले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार चोरी गर्नेको हो भनेर खोजी कार्य भइरहेको बताएको छ ।