• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महिलाले नेतृत्व गरेको सामुदायिक वन हराभरा

टीकापुर, १५ पुस । चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको मागअनुसार दाउरा उपलब्ध गराउन समस्या भएको छ ।अझै पनि घरायसी प्रयोजनमा इन्धनका रूपमा दाउराको प्रयोग गर्नेको सङ्ख्यामा कमी हुनसकेको छैन । अन्य मौसममा भन्दा जाडो मौसममा शहरीभन्दा ग्रामीण बस्तीमा दाउराको प्रयोग धेरै भइरहेको हुनाले यो समयमा दाउराको खपत बढ्दै गएको छ ।

चिसो मौसममा अधिकांशले इन्धन शक्तिका रूपमा दाउरा प्रयोग गर्दछन् । जाडो मौसममा दाउराबाट खाना पकाउनुका साथै ताप्नका लागि थप दाउराको आवश्यकता पर्ने भएकाले जाडो मौसममा दाउराको माग अधिक हुने गरेको शीतल सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए ।“ग्यासको प्रयोगमा खाना पकाउनेहरू पनि चिसो मौसममा दाउराकै प्रयोग गर्छन्, दाउरा चिसोमा ताप्नका लागि पनि आवश्यक पर्छ”, अध्यक्ष ठकुल्लाले भने, “वर्षभरि दाउरा नकिन्नेहरू पनि जाडो मौसममा दाउराको माग गर्छन् तर हामीलाई उपभोक्तालाई दाउरा पुर्याउन कठिन छ ।”

शहरी क्षेत्रमा इन्धन स्रोत र शक्तिका रूपमा एलपी ग्यास, इलेक्ट्रिक वस्तुको प्रयोग गरे पनि ग्रामीण क्षेत्रमा त्यसको उपयोग न्यून मात्रामा हुँदा दाउराको माग घट्न सकेको छैन । गाउँघरमा मात्र होइन, शहरबजारमा पनि जाडो मौसममा ताप्नका लागि पनि दाउरा सबैलाई उत्तिकै आवश्यकता पर्ने गरेको ठकुल्लाको भनाइ छ । “दाउराको माग घट्नेवाला छैन, बर्सेनि माग बढ्दै गएको छ”, उनले भने, “त्यसैले वन संरक्षण, वृक्षरोपणजस्ता कार्यमा ध्यान दिन आवश्यक छ । वन पैदावार हामी सबैलाई चाहिन्छ ।”

खाना पकाउन, जाडो मौसममा बाल्न, ताप्नका लागि मात्र नभई आपत्विपत्, विशेष परिस्थिति, पूजापाठ, भैपरी आउने आवश्यकताका बेला सहजरूपमा काठ उपलब्ध हुनुपर्दछ तर दिनानुदिन दाउराको माग बढ्दै जाँदा यस क्षेत्रका सामुदायिक वनले पूर्ति गर्न सकेका छैनन् । विभिन्न सामुदायिक वनले वन समितिको निर्णयानुसार समय र आवश्यकताका आधारमा उपभोक्तालाई दाउरा वितरण गर्ने गरेका हुन्छन् ।

वनमा दाउराका लागि प्रयोग हुने उपलब्ध काठपातको व्यवस्था गरी वितरण भइरहेको शीतल सामुदायिक वनका सचिव रामबहादुर सेठ्ठीले बताए । “सधैँभरि दाउरा उपलब्ध गराउन सकिँदैन, चिसो समयमा बढी आवश्यक्ता हुने भएकाले वन समितिको निर्णयानुसार उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “उपभोक्ताका समस्या ध्यानमा राख्नु सामुदायिक वनको समेत जिम्मेवारी हो तर दाउरा सधैँ अभाव हुन्छ ।”

सामुदायिक वन भएकाले उपयोगितासँगै संरक्षण गर्नु वन समितिका पदाधिकारी र उपभोक्ताको दायित्व हो । वनमा दिनानुदिन दाउरा माग धेरै आउने भएकाले संरक्षित वनमा कटानी गरी दोहन मात्र नभई संरक्षणका लागि बर्सेनि वृक्षरोपण कार्य गर्न आवश्यक रहेको उनीहरू नै बताउँछन् ।

कैलाली जिल्लामा ५७६ सामुदायिक वन छन् । तीमध्ये महिलाले मात्र नेतृत्व गरेको ६४ सामुदायिक वन छन् । अझ पनि झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा नै छन् । चिसो मौसममा अधिकांश वनमा दाउराको अभाव भएको छ । “हरेक वर्ष दाउरा अभाव हुन्छ ।

सामुदायिक वनले वन संरक्षणसँगै वृक्षरोपणजस्ता कार्यमा ध्यान दिनुपर्छ”, संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाले भने, ‘‘हरेक बगर, नदी किनार र सामुदायिक वनका हरेक खाली जमिनमा उपभोक्तालाई दाउरा उपलब्ध हुनसक्ने खालका बिरुवा रोप्न सामुदायिक वनले योजना बनाएर काम गर्नुपर्छ ।”उपभोक्ता गीता कठरिया वन पैदावारजस्तै दाउरा, घाँस बढी महिलालाई चाहिने भएकाले महिलालाई एउटा रुख काटे पाँच रुख रोप्नुपर्छ भन्ने सिकाउन आवश्यक रहेको बताए ।

“सामुदायिक वनले बर्सेनि दाउरा बिक्री गर्ने तर वृक्षरोपणमा ध्यान दिएको देखिँदैन”, उनि भन्छन, “तर महिलाले नेतृत्व गरेका वन हराभरा छन् । हराभरा बनाउन सके पो भविष्यमा सहजै दाउरा पाइएला ।”

बुधबार, पुष १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.