धनगढी, १२ पुस/ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले उनले राष्ट्रिपति कार्यालयमा ६/६ घण्टा कुर्नु परेको भन्दै आक्रोस पोखेका छन् ।
आइतबार धनगढी रंगशालामा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले भने–‘सितल निवासमा बस्ने राष्ट्रपतिले ८३ जना सासंदको हस्ताक्षर लिएर समावेदन दर्ता गर्न जादाँ ६ घण्टा कुर्न पर्यो, कुनै सुनवाई भएन् ।’
‘यदी कहीँ मदन भण्डारीको आत्मा भए सितलमा के भन्दो होला ?’ उनले आक्रोस पोख्दै प्रश्न गरे । राष्ट्रपतिले पदको दुरुपयोग गरेको नेता रावलले आरोप लगाए ।
यस्तै थप प्रसंगमा बोल्दै नेता रावलले नयाँ नियुक्त भएका मन्त्रीहरुलाई गुलीयो चाट्न मात्रै गएको शंज्ञा दिएका छन् । ‘हामीले जहिलेपनि पार्टी एकताको लागी काम गर्यौ तर प्रधानमन्त्री केपी शर्मा ओलीले शिर झुकाउने काम मात्रै गरे उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन र संविधानको उपास गरेर निरंकुश शैलीमा नयाँ मन्त्री नियुक्त गरेको छन ।’ लामो समयसम्म ओलीले ल्याएको दल विभाजन सम्बन्धी अत्याधेस रोक्यौ, अन्त्यमा चोईटिएर गए ।
ओलीले गुटगत रुपमा पार्टीमा सडकबाट टपक्क टिपेर केन्द्रिय सदस्यहरु बनाएको उनले बताए । यो काम चलाउ सरकार भएकाले नयाँ मन्त्रीहरु नियुक्त गर्ने अधिकार ओलीलाई नभएको रावलले बताए ।
उनले पूर्वमाओवादी र एमालेबीच भएको पार्टी एकतामा ओलीले अहिले आएर गम्भिर घात गरेको समेत आरोप लगाए ।
