धनगढी, १२ पुस/ नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभाग सुदूरपश्चिम प्रदेश स्तरीय समिति विस्तार भएको छ ।
राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक तथा केन्द्रीय सदस्य भोज बहादुर बमको संयोजकत्वमा नौं सदस्यीय समिति विस्तार गरिएको हो ।
विभागको सदस्यमा प्रदेशका नौं ओटै जिल्लाबाट एक÷एक जना सदस्य मनोनित भएका छन् । सदस्यहरुमा तुल्सा देवकोटा कैलाली, कैलाश पाण्डे डडेल्धुरा, नवराज देवकोटा अछाम, मदन भट्ट कञ्चनपुर, हेमराज जोशी डोटी, दयाराम पण्डीत बाजुरा, जयन्ती जोशी बझाङ, उद्धवराज जोशी बैतडी र सुरेन्द्र बहादुर बम दार्चुलाबाट मनोनित भएका हुन ।
विभागको प्रदेश समिति विस्तार गरिएसंगै पार्टीको वित्तीय तथा सहकारी विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागि पर्ने संयोजक बमले बताए ।