धनगढी, ९ पुस/ दारी दारी ग्याङले सित लहर र चिसोलाई मध्यनजर गर्दै कैलालीको गौरीगंगा नगरपालिका ४५ घरपरिवारलाई न्यानो लुगा र खाद्यन्न वितरण गरेको छ ।
ग्याङ कोरियाको सहयोगमा दारी ग्याङ धनगढीले गौरीगंगा नगरपालिका–४ मा रहेका खल्ला शिबिर, राधाकृष्ण शिबिर, सुगरखाल शिबिर, सिमलपुर शिबिरमा रहेका ४५ घरपरिवारलाई ब्लाकेट, चिनी, नुन र चियापत्ती बितरण गरेको हो ।
शिबिरमा रहेका अति बिपन्न परिवार अन्तर्गत एकल महिला, बृद्धबृद्धा तथा अपागंता भएका व्यक्तिहरुलाई बितरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए । उनले भने–‘तराईका सित लहर र जाडो बढ्दै गएको छ, विपन्न परिवारलाई केही राहात होस् भन्ने उद्दश्यले न्यानो वितरण गरेका हौं ।’
न्यायो लुगा र राहत पाएपछि विपन्न परिवारका महिला, बृद्धबृद्धा तथा अपागंता भएका व्यक्तिहरु खुशी भएका छन् । राहत पाएका धन बहादुर बिक र बजारी चौधरीले राहत पाएकोमा निकै खुसी व्यक्त गरे । चिसोले निकै गाह्रो भईरहेको थियो उनिहरुले भने राहतले अब चिसोमा निकै राहत महसुस भएको छ ।
वितरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका वडा सदस्य टेकराज ढुगाना, समाजसेवी सिपी सापकोटा लगायत दारी ग्याङ धनगढीका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन दारी ग्याङ धनगढीका सदस्य नरेन्द्र बोहराले गरेका थिए ।
ग्याङ धनगढीले विभिन्न समयमा समाजिक कार्यहरु गर्दै आएको छ ।