धनगढी, ९ पुस
असहायको सेवामा क्रियाशिल संस्था दृष्टी फाउन्डेशनलाई लुगाकपडा हस्तान्तरण गरिएको छ ।
फाउन्ेशनको साहरामा रहेका असहायले प्रयोग गर्नेगरी लुगाकपडा हस्तान्तरण गरिएको हो । धनगढी उप–महानगरपालिका , यूएनडिपीको आर्थिक सहयोगमा सेवक नेपालले संचालन गरेको एकल महिलाको आर्थिक सशक्तिकरण तालिमबाट उत्पादन भएका लुगाकपडा हस्तान्तरण गरिएको हो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले उपलब्ध गराईएका लुगाकपडाले थोरै भएपनि राहत पुग्ने बताईन । उनले भनिन्, मानविय सेवामा खटिएका दृष्टीफाउन्डेशनका संचालकहरुलाई धन्यवाद दिन चाहन्छौं ।
यूएनडिपिका सुदूरपश्चिम प्रमुख बैजयन्ती सिंह गिरिले दृष्टि फाउन्डेशनले गरेको कामले आफ्नो मन छोएको बताईन । उनले भनिन्, मानविस सेवामा लागेको संस्थालाई सहयोग गर्न पाएकोमा खुसी छौं । सेवक नेपालमा अध्यक्ष पवन भण्डारीले ५ वटा सर्ट, १२ वटा पाईन्ट, १४ वटा चोली, ४ वटा लेहेंगा हस्तान्तरण गरेको बताईन ।