• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

४ महीनामा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, ०८ पुष/ स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना गर्न नसक्दा कोरोना त्रासकै बीच पनि नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।

आर्थिक वर्षको पहिलो चौमासमा ४५ हजार १८२ जना कामदार विदेशिएका छन् । त्यसमा २५ हजार ९३१ जना कामदार पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएका हुन् । बाँकी १९ हजार २५१ जना कामदार भने नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष कार्यक्रम नआउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसैले यस्तो विषम परिस्थितिमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ नेपाल फर्किएका र यहाँ भएका कामदार पनि पूर्ण रूपमा विदेशिने उनको अनुमान छ ।

‘अहिले मुलुक राजनीतिक अस्थिरतामा छ । यो अवस्थामा सरकारबाट थप कार्यक्रम आउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले अधिकांश युवा विदेशिन बाध्य हुने देखिन्छ । पछिल्लो ट्रेन्डले यही देखाएको छ ।’

यो संख्या गत आवको सोही अवधिको भन्दा कम हो । तर, कोरोना संकटमा पनि यतिका कामदार विदेशिनुलाई महत्त्वका साथ हेरिएको वैदेशिक रोजगार विभागको भनाइ छ ।

तथ्यांकअनुसार चालू आवको पहिलो चौमासमा गत आवको यही अवधिको दाँजोमा बैदेशिक रोजगारमा जाने कामदारको सख्या ७१ दशमलव ८६ प्रतिशतले घटेको छ ।

गत आवको कात्तिकसम्म नेपालबाट कुल १ लाख ६० हजार ५७० जना कामदार बैदेशिक रोजगारमा गएका थिए । समीक्षा अवधीमा भने ४५ हजार १८२ जना कामदार विदेशीएका छन् । त्यस्तै पुनः श्रम स्वीकृति लिएर जाने कामदारको सख्या ६७ दशमलव ९ प्रतिशतले घटेको छ । गत आवको समिक्षा अवधिमा ८० हजार ८९० जना कामदारहरू पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका थिए । चालू आवको समिक्षा अवधिमा २५ हजार ९३१ जना कामदार पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका छन् ।

विदेशीने नयाँ कामदारको संख्या ७५ दशमलव ८ प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा ७९ हजार ६८० जना कामदार नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका थिए । यस बर्ष भने भने १९ हजार २५१ जना नयाँ कामदार बैदेशिक रोजगारमा गएका छन् ।

कोरोनाको प्रभावले विश्व अर्थतन्त्र र श्रमगन्तव्य मुलुकको अर्थतन्त्र पनि संकटमा जाने देखिएको थियो । त्यो अवस्थामा रोजगारदाता कम्पनीहरूले कामदार कटौती गरेका थिए । कामदारको माग पनि शुन्य थियो भने नेपाल सरकारले पनि श्रम स्वीकृति दिन स्थगन गरेको थियो । फलस्वरूप विदेशिक रोजगारीका जानेको संख्यामा कमी आएको हो ।

सरकारले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै गत फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन बन्द गरेको थियो । असार १४ गते पुनः श्रमस्वीकृति दिन सुरू गरेको सरकारले भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता बैदेशिक रोजगारमा जाने कामदारको सख्या बढ्दो रहेको छ ।

सरकारले श्रमस्वीकृति दिन स्थगन गरेपछि ३ लाख २८ हजारभन्दा बढी बिदामा आएका नेपालीहरू नेपालमै रोकिएका थिए । साथै, नयाँ भिषा आएर पनि श्रमस्वीकति नपाउँदा १ लाख १५ हजार कामदार वैदेशिक रोजगारमा जान रोकिएका थिए । श्रमस्वीकृति दिन शुरू गरेपछि उनीहरू वैदेशिक रोजगारीमा जान लागेको व्यवसायीहरूको भनाइ छ ।

कतिपय मुलुकबाट नयाँ कामदारको माग पनि आउन थालेको छ । कतार, जापानलगायतको मुलुकबाट पनि कामदार माग आउने प्रक्रियामा छ । त्यसैले अबका दिनमा बैदेशिक रोजगारमा जाने कामदारको संख्या उच्च मात्रामा बढ्ने विभागको अनुमान छ ।

विभागले नयाँ कामदारहरूलाई ‘नो अब्जेक्शन सर्टिफिकेट’ ९एनओसी० लिएर श्रमस्वीकृति दिने गरेको छ । छुट्टीमा आएका कामदारले पनि एनओसी माग्ने गरेको विभागका प्रवक्ता टीकामणि नेउपानेले बताए । ‘अहिले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीको रोजगारी नै संकटमा छ । त्यो अवस्थामा यताबाट जाने कामदारहरूले समस्या भोग्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यसैले एनओसी ल्याउनेलाई मात्र श्रमस्वीकृति दिने गरेका छौं । पुनः श्रमस्वीकृतिमा यो अनिवार्य भने गरिएको छैन ।’ बिदामा आएको ६ महीनाभन्दा बढी भएका कामदारले भने एनओसी ल्याउनुपर्ने उनको भनाइ छ ।

बुधबार, पुष ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.