धनगढी ७ पुस/नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन् ।
प्रधानमन्त्री केपी ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाइएको पुरानो तालामाथि प्रचण्ड-नेपाल समूहले अर्को ताला लगाएका हुन ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध र्याली आयोजना गर्दै आएका छन ।
