काठमाडौं, ६ पुस/ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गृहमन्त्री रामबहादुर थापा (बादल) लाई भेट्न पुल्चोक पुगेका छन्।
बालुवाटारमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको भेलामा सहभागी नभएर आफ्नै छुट्टै गुट भेला गरेका बादललाई भेट्न प्रचण्ड पुल्चोक पुगेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।
