धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको बताएका छन्।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनले त्यही कारण प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय गरेकाे बताए।
प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन्। उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए।