धनगढी,६ पुस/गुणस्तरिया सेवा नदिएको भन्दै एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सोमबार दिउसो सेवाग्राहीद्वारा तलाबन्दी गरेका छन् । लाईनमा बसेको पैशा जम्मा नगरी भित्रीबाटोबाट चनिजानको आधारमा सेवा दिएको भन्दै मालपोतमा गएका सेवाग्राहीले तालाबबन्दी गरेका हुन् ।
एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारीको मनोमानी ढंगबाट सेवा दिने गरेकोले आक्रोशित सेवाग्राहीले कर्मचारीलाई भित्रै राखेर बाहिरबाट तालाबन्दी गरेको धनगढी–५ तारानगरबाट आएका सेवाग्राही गोविन्द भट्टले जानकारी दिए । सो शाखामा मालपोत कार्यालयको राजस्व जम्मा गर्ने भएकोले सेवाग्राहीको चाप थेगिनसक्नु भएको बैक प्रशाुनले जनाएको छ । यो समाचार तयार पार्दा सम्म सो बैकका कर्मचारीहरु भित्रै थुनिएर राखेका छन् । राजस्व नलिए सम्म बैकको ताला नखोल्ने आन्दोलनरत सेवाग्राहीको अडान रहेको छ ।
यता एनआईसी बैंक अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले सेवाग्रहीले कर्मचारीहरुलाई सटर तानेर भित्र थुनिएको स्वीकारेका छन् । बैंकमा कर्मचारी अभाव भएकाका कारण सेवाग्रहीलाई छिटोछरितो सेवा दिन केही समस्या भएको समेत उनले बताएका छन् । आफ्ना कर्मचारीलाई सेवाग्रहीहरुले कार्यलय भित्रै थुुनेपछि कर्मचारी वाहिर निकाल्न प्रसाशनलाई जानकारी गराईसकेको पाठकले बताए । बैकको मालपोत बिस्तारित शाखामा थप कर्मचारीको ब्यबस्था गर्न आफुले हेड अफिसमा जानकारी गराई सकेको समेत उनले बताए ।
