धनगढी,५ पुस: धर्तीको भुस्वर्ग भनेर चिनिने खप्तडमा धनगढी देखि हेलीटुर प्याकेज सुरु हुने भएको छ । आन्तरिक पर्यटनलाई टेवा पुगाउने उदेश्यले सो टुर प्याकेज सुरु हुन लागेको हो । ट्राभल कम्पनी एडभेन्चर वेष्टहोलीडेज प्रा.लीले आगामी पुस १५ गते देखि सो प्याकेज सेवा सुरु गर्ने संचालक योजेन्द्र बमले जानकारी दिए ।
धनगढीवाट खप्तड ओहोर दोहोर हवाईमा यात्रा गराउने २ दिन सम्म खान बस्न प्याकेजमा रहने बताईएको छ । उक्त २ दिनको प्याकेजमा प्रति ब्याक्ती ४० हजार खर्चमा खाना, नास्ता तथा आवास सहित पर्यटकिय क्षेत्रको भ्रमण गराईने प्रालीका संचालक बमले जानकारी दिए । दुई दिन खप्तड क्षेत्रको भ्रमण गराउन गाईडको व्यबस्था रहने समेत बताईएको छ ।
सो ट्राभल कम्पनीले समिट एयर संगको सहकार्यमा हेलीटुर प्याकेज संचालन गरि आन्तरिक पर्यटन प्रवर्दन गर्ने ठुलो मद्दत पुग्ने बिश्वास लिईएको छ । समिट एयरले डोटी, आछाम ,बझाङ, वाजुरा र बैतडी नियमित उडान संचालन गरिरहेको छ । यसअघी पनि एडभेन्चर वेष्टहोलीडेज प्रा.लीले राराको टुर प्याकेज पनि सफल रुपमा सम्पन्न गरेको थियो ।