बाजुरा –आइतबार संसद विघटनको असर बाजुरामा पनि परेको छ । नेपाल कम्युनिष्ट पाटी बाजुरामा समेत संसद विघटनको विवाद सुरु भएको हो ।
जिल्ला सदरमुकाम मार्तडीको जिउलामा रहेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुरा कार्यालयको ताला रातारात फेरिएको नेकपा बाजुराका कार्यालय सचिव गोरख सार्कीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पाटी कार्यालयको मुल ढोकामा लगाइएको ताला फेरेर अर्कै ताला लगाएको बताए ।
आइतबारसम्म लगाइएको तालाको साचो आफ्नो हातमा रहेको र विहानै कार्यालय जाँदा अर्कै ताला लगाएको कार्यालय सचिव सार्कीले बताएका छन् ।
पार्टी कार्यालयबाट कार्यालयका कागजात रातारात गाइव गरिएका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रातारात फाइलहरु गाईव गरिएको हुन सक्ने एक स्रोतले जनाएको छ ।
देशव्यापी रुपमा विभिन्न गतिविधी भइरहेको अवस्थामा बाजुरामा पनि केन्द्रीय राजनितीको तरङ्ग फैलिएको छ । नेकपा बाजुराको पाटी कार्यालय केपी ओली पक्षले कब्जा गरेको ओली पक्षधरका एक कार्यकर्ताले बताएका छन् ।
नेकपा बाजुरामा समेत दुई पक्षमा देखिएका छन् । एक केपी पक्ष र अर्काे पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षमा देखिएको स्रोतको दावी रहेको छ ।
कसले फोडे र ताला परिर्वतन गरे भन्ने कुरामा केपी पक्ष र माधव प्रचण्ड पक्ष दुबैलाई थाहा नभएको बताएका छन् ।
कार्यालयमा ताला लगाएको बारेका कुनै जानकारी नभएको र रातारात ताला लगाउनु चोरी भएको र लगाएकै भए केपी पक्षकाले लगाएको हुन सक्ने नेकपाका नेता गगन रावलले बताएका छन् । कार्यालयको ताला रातारात फेरिनु गैर कानुनी भएको नेता रावलको भनाई रहेको छ ।
नेकपा बाजुराका नेता जनककुमार बोहराले पाटी सुरक्षाका लागि ताला फेरेको हुन सक्ने बताएका छन् । पाटीका सबै नेताहरु जिम्मेवार भएकाले कुनै काजगात सुरक्षित राखेको हुन सक्ने नेता बोहराको भनाई रहेको छ ।
कुनै पक्षले लगायो भन्नु भन्दा पाटीको सुरक्षाका लागि ताला फेर्नु कुनै नौलो नभएको बोहराको दाबी छ । बोहरा ओली समुहका नेता हुन् ।
केपी पक्षका केही नेताहरुले आफुहरुलाई जानकारी नभएको बताएका छन् । भने माधव प्रचण्ड पक्षले भने केपी गुरुपकाले ताला फोडेर अर्को ताला लगाएको दावी गरेका छन् ।