काठमाडौं, ५ पुस। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको ओली पक्षका एक नेताले जानकारी दिए ।
उनका अनुसार भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने छ । प्रतिनिधिसभा विघटनपछि बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।