धनगढी, ५ पुस: कैलाली जिल्लाभरिका सामुदायिक बनहरुमा रानीफाटा सामुदायिक बन नमूना सामुदायिक बन भएको बन डिभिजन कार्यालय धनगढीका जिल्ला बन अधिकृत रामचन्द्र कडेलले बताउनु भयो । आईतबार आइतबार गौरीगंगा नगरपालिका वडा न।६ बनबेहडाको रानीफाटा सामुदायिक बन उपभोक्ता समितिको ११ औं साधारणसभा मा बोल्दै बन अधिकृत कडेलले सो कुरा बताउनु भएको हो ।
कैलालीका विभिन्न सामुदायिक , कबुलियत , साझेदारी लगायत विभिन्न बनहरु छन ती सबै बन मध्य रानीफाटा बन मात्र एउटा सामुदायिक बन हो जो बिबाद रहित अनि विकास सहितको नमुना सामुदायिक बन हो । बैज्ञानिक बन ब्यबस्थापन यो बनको मुख्य नमूना कार्य रहेको बताउदै कडेलले सामाजिक उत्तरदायित्वका कार्यहरुले समाजमा राम्रो प्रभाव पारेको र लेखा प्रणाली देखि अन्य गतिविधि पनि पारदर्शिता भएकाले जिल्ला मै नमूना बन बन्न सफल भएको बताउनु भयो ।
साधारणसभामा कार्यालय सचिव खडक साहुले आर्थिक बर्ष २०७६र७७ को १ करोड ११ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ ३० पैसा बराबरको आयब्यय प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बर्ष २०७७र७८ को लागि ८२लाख बराबरको अनुमानित आय ब्यय प्रस्तुत गर्नु भएको थियो । २०५८ सालमा प्रस्तावित रानीफाटा सामुदायिक बनका नामले अघि बढेको सामुदायिक बन २०६६ सालमा मुर्त रुप लिई रानीफाटा सामुदायिक बन उपभोक्ता सामुदायिक बन समितिको नामले जिल्ला बन कार्यालयमा दर्ता भएको बन २०७३र७४ मा बैज्ञानिक बनको रुपमा परिणत भएको बनले सिपमुलक,गरिबी निवारण लगायतका कार्यक्रमहरु गर्दै आएको र विकास निर्माणमा बनले वडाको चौतर्फी विकासमा टेवा पुर्याउदै आएको अध्यक्ष चक्र बोगटीले बताउनु भयो ।
साधारणसभा रानीफाटा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चक्र बोगटीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला बन डिभिजन कार्यालय धनगढीका प्रमुख जिल्ला बन अधिकृत रामचन्द्र कडेलको प्रमुख अतिथी रहनु भएको थियो ।
उपभोक्ता समितिका उपाध्यक्ष दानबहादुर कुवँर, समाजसेवी पुरन सिंह कडायत , बिरबहादुर साउँद, जंग बि।क। बिरबहादुर शाह लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लेखासमिती संयोजक दलबहादुर बोगटीले गर्नु भएको थियो ।