धनगढी, ५ मंसिर/ धनगढीको ओम प्यालेसमा ओली गुटका कार्यकर्ताको कडा सुरक्षाबीच भेला आयोजना गरिएको छ।
भेलामा युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रदेश पार्टी अध्यक्ष कर्ण थापालगायत नेता कार्यकर्ताको सहभागिता छ।
पूर्वआयोजित भेलामा सहभागी हुन विभिन्न ठाउँबाट आएका युवाले मोटरसाइकल र्यालीसहित ओलीको पक्षमा नारा बाजी गर्दै प्रदर्शन गरेका थिए।


