धनगढी, ३ पुस: सुदूरपश्चिममा शुक्रबारबाट अनिश्चितकालिन ठप्प पारिएको यातायात सेवा केही घण्टामै सुरु भएको छ । धनगढी बसपार्कमा शिवपुरी यातायात प्रा.लिले काउन्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रा।लिले यातायात सेवा ठप्प पारेको घोषणा गरेका थिए।
तर, धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूर पश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए । हाम्रो कुरा सम्बोधन नगरेकाले यातायात बन्द गर्ने घोषणा गरेका थियौँ सहमतिको प्रयास पछि खुलेको छ अध्यक्ष सापकोटाले भने ।
नयाँ यातायात प्रा.लिलाई काउन्टर राख्न दिने नगरपालिकाको निर्णयको बिरोधमा पुराना ६ वटा यातायात प्रा।लिले विरोध जनाएका थिए ।सुदूर पश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रा.लि बिरोधमा उत्रिदा बिहान केही बेर धनगढी बस पार्कमा तनाव सिर्जना भएको थियो ।
