विवशकुमार सेजुवाल,सुर्खेत
इखेनी बस्तीका सुक सुर्खेतको साविक पोखरी काँडा ४ हाल बराहाताल गाउँपालीका वडा नं. ६ इखेनी बस्ती अर्थात बसन्तपुरका सुकुम्बासी नागरिकहरु पहिलो पटक कुखुरा पालन व्यावसायमा लागेका छन् ।
२०६२ सालमा स्थापना भएको सो बस्तीका नागरिकहरुलाई कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डाक्टर नवराज के.सी.को पहलमा लोकल कुखुरा पालन व्यावसायमा लगाउन लागिएको हो ।
१०५ घरधुरी रहेको बस्तीमा पहिलो चरणमा ५० घरधुरीलाई १४ सय लोकल कुखुराको चल्ला वितरण गरिएको बालरोग विषेशज्ञ डाक्टर नवराज के.सी.ले जानकारी दिए । ‘गाउँमा कुनै पनि व्यावसाय गर्ने तरिका नभएर हो वा गाउँका मानिसहरुले व्यावसायको मेसो नपाएर हो उनिहरु बर्षको एक पटक हिउँदको समयमा भारत जाने र त्यहाँबाट कमाएर ल्याएको पैँसाले आफ्नो रोजिरोटी चलाउने त्यो गाउँको चलन रहेछ, ‘डा. नवराज के.सीले भने, ‘त्यो समयमा आफु भारत जादा आफ्ना बच्चाहरुलाई समेत आफु सँगै लिने भएकोले उनिहरुको पढाइमा पनि असर परेको हामीले थाहा पाईसकेपछि विङ्स फाउण्डेशनको तर्फबाट र एस. ओ. एस. सुर्खेत सँगको सहकार्यमा इखेनि अर्थात बसन्तपुर सुकुम्वासी बस्तीका नागरिकहरुका निम्ति पहिलो चरणमा यो कामको थालनि गरिएको हो,।’
१०५ घरधुरिलाई नै लक्षित गरेर कार्यक्रम लागू गर्न लागिएको भए पनि पहिलो चरणमा ५० घरधुरीलाई मात्रै चल्ला वितरण गरिएको र कखुरा पाल्नको लागि २८ वटा खोरहरु निर्माण गरिसकेको जनजागरण प्रा.वि.का शिक्षक रमेश नामजालीले जानकारी दिए । शिक्षक नामजाली लोकल कुखुरा पालन व्यावसायमा त्यो गाउँका नागरिहरुका निम्ति अगुवाईको भुमिकामा रहने छन् । शिक्षक नामजालीको संयोजकत्वमा स्थानीय नागरिकहरुको व्यावसाय रेखदेख पनि हुने छ ।
साविकको पोखरी काँडा ४ अहिले बराहाताल गाउँपालीका वडा नं. ६ इखेनी सुकुम्वासी बस्ती अर्थात बसन्तपुरका नागरिकहरुको आयश्रोत भनेको बर्षको एक पटक हिउँदको समयमा भारत जाने र त्याहाँबाट कमाएर ल्याएको पैसाले जिविकोपार्जन गर्ने हो । आफु हिउँदको समयमा भारत जाने बेला आफ्ना छोरा,छोरीहरुलाई आफु सँगै लिने भएकोले हिउँदको २ महिना जति स्कुलमा विद्यार्थीहरु सुन्य जस्तै हुने गरेको श्री जनजागरण प्रा.वि. का शिक्षक रमेश नामजालीले जानकारी दिए ।
शिक्षक नाम जालीका अनुसार इखेनी बस्ती अर्थात बसन्तपुरमा गाउँमा खेलि योग्य जमिन नभएका कारण यहाँको नागरिकहरुको रोजाई इण्डिया हुने गरेको छ ।
सो सुकुम्वासी बस्तीबाट अहिले सम्म साक्षेरको संख्या पनि न्युन रहेको छ ७ जनाले एस.एल.सी.र २ जनाले १२ पास मात्र गरेको छन् ।
गाउँपालिकाले सो सुकुम्वासी बस्तीमा शिक्षा स्वास्थ्यको कार्यक्रम लागू गरेको भए पनि गाउँको आन्तरिक समस्याको कारण दिर्घकालिन रुपमा लागू गर्नका लागि समस्या भएको बराहताल गाँउपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिए । गाँउपालिकाको अनुरोधमा नै डाक्टर केसी र एस.ओ.एस. सुर्खेतले गाउँको नागरिकहरुको लागि दिर्गकालिन व्यावसायको काम गरेकोले गाउँपालिका परिवार धेरै खुसि भएको बताए ।
‘यो भन्दा अगाडी आफुहरु सँग कुनै पनि व्यावसाय गर्नको लागि र नेपालमै केहि गरि खानको लागि कुनै पनि तरिका थिएन यो पटक डाक्टर नवराज के.सी. लगायतले आफुहरुलाई व्यावसायको लागि लोकल कुखुरा पाल्नको लागि चल्ला दिनु भएको छ अब नेपालमै केहि गरेर छोराछोरीहरुलाई यतै नियमित पढाउने र गाउँमै व्यावसाय गरेर बस्ने योजना बनााएको सोहि सुकुम्वासी बस्तीका ज्ञानु बादी, असोज नेपाली र निर्मला सुनारले बताए ।