धनगढी, १ पुष: कैलालीको धनगढी स्थित पञ्चोदय उच्च माविमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चक्र बमले आफ्नै खर्चमा बिद्यार्थीहरुका लागि माक्स र सेनीटाईजार बितरण गरेका छन् ।
विद्यालयको पढाई सुरु भएपछि विद्यार्थीको भिडभाडमा कोरोनाको जोखिमबाट सुरक्षा होस् भनेर विद्यार्थीहरुलाई माक्स र सेनिटाईजर विद्यालयका प्रधानाध्यापक र बिद्यार्थीलाई हस्तान्तरण गरेको पञ्चोदय उच्च माविमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चक्र बमले जानकारी दिए । अध्यक्ष बमले हजार थान माक्स र १० लिटर सेनीटाईजर मंगलबार बिद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीको स्वस्थ भएनै बिद्यालयको पठान पाठन राम्रो बतावरणमा हुने भएकोे सानो भएपनि आफ्नो तर्फबाट विद्यालय र विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष बमले बताए ।
बिद्यार्थीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रति विद्यालयका प्रध्यानाध्यापक हरिषकुमार ओझाले धन्यवाद समेत व्यक्त गरेका छन् । प्रअ ओझाले आउदा दिनहरुमा पनि यसरीनै बिद्यालयलाई सहयोग गरिदिन हुन समेत आग्रह गरेका छन् ।
