चौमाला, २८ मंसिर/ कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ चौमाला स्थित मालिका माध्याकि विद्यालयको ४ कोठे पक्की भनवको उद्घाटन भएको छ ।
सुदूरपश्चिमका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमका विच आईतबार उद्घाटन गरे । सोही क्षेत्र बाट निर्वाचित सांसद सोडारीको पहलमा जिल्ला समन्वय समिति कैलाली र गौरीगंगा नगरपालिकाको लगानी निर्माण भएको हो ।
कार्यक्रममा बा्ेल्दै पुर्व मन्त्री सोडारीले शिक्षा क्षेत्रको भौतिक सुधार संगै गुणस्तरमा समेत ध्यान दिनु पर्ने बताए । सोडारीले नेपालमा संघियता अभ्यासमा प्रदेश सरकार नयाँ भएकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकीएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष जनक साउँदको अध्यक्षतामा भएको कार्यक्रम नेकपा कैलालीका जिल्ला सदस्य लोकेन्द्र शाही,गौरीगंगा नगरपालिका उपप्रमुख अञ्चला चौधरी लगाएतले शुभकामना मन्ततव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक सम्भुशरण लाल कर्ण स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक वेदप्रकाश जोशीले गरेका थिए ।


