धनगढी, २४ मंसिर/ डोटीमा लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। डोटीको बडिकेदार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पुर्णता पाएको हो।
कार्यक्रममा बडिकेदार ५ मा जेष्ठ नागरिक, एकल महिला अगुवा महिला र उत्कृष्ट बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो। जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट महिला एवम बिधार्थीलाई केही आर्थिक सहयोग सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो। वडा क्षेत्रमा महिलाको हक हितमा अग्र स्थानमा रहेर काम गर्ने उत्कृष्ट महिलाहरु र केदारेवर माबी मा अद्यनरत उत्कृष्ट बिधार्थीलाइ समेत सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै महिलाहरुलाइ ५० प्रतिशत अधिकार दिने भन्ने कुरा लेखाइमा मात्र सिमित रहेको र महिला स्वयमले पाउने अधिकारको लागि आफै नै सक्रिय हुनुपर्ने कार्यक्रमका प्रमुख अथिती एवम बडिकेदार गाउपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाटले) बताइन्।
अगामि बर्षका कार्यक्रममा पनि यो बर्ष नसमेटिएका नागरिक र महिलालाइ लाभान्वित हुने गरि कार्यक्रम गर्ने र सम्मान गरिने महिला संजालका बडिकेदार गाउपालिका ५ कि अध्यक्ष इन्द्रा देबि चन्दले बताइन।