डाेटी २० मंसिर: ग्रामिण सामुदायिक विकास केन्द्र डाेटीकाे अायोजनामा बडिकेदार गाउपालिका स्थरिय शिक्षा समिति क्षमता विकास सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।
बडिकेदार गाउँपालिका डाेटीका अध्यक्ष कृष्ण बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बडिकेदार शिक्षा शाखाले गरिएको थियो । कार्यक्रम शिक्षा निति नियमावलि एेन र अागामि रणनीतिको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानि गरिरहेको र अागामि दिनमा पनि शिक्षामा नीति नियम अनुसार लगानि गरि नमुना रूपमा विकास गरिने बताए ।
कार्यक्रममामा गाउँपालिकाका उपाध्यक्ष , वडाध्यक्ष वडा सदस्य विभिन्न विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधिकाे सहभागीता रहेको थियो ।