• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ऐन कार्यान्वयनको माग गर्दै कृषिमन्त्री चौधरीलाई ज्ञापन पत्र

धनगढी, १८ मंसिर/ खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को कार्यान्वयनका लागी फियान नेपाल र खाद्य अधिकार सञ्जाल सुदूरपश्चिम प्रदेशकी कृषीमन्त्री बिनिता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
“बाच्न पाउने अधिकारको आधार, खाद्य अधिकार” भन्ने मुल नारा सहित ऐन कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाइएको हो ।

प्रदेशमा खाद्य अधिकारका सवालमा कानुन निर्माण नभइसकेको परिपेच्छमा खाद्य अधिकारका सवालहरु उठान गर्दै कानुन निर्माण गरीनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहले बताए ।

सुदूरपश्चि प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा २६ लाख १५ हजार एक सय ४८ जना मध्ये १६ लाख २९ हजार दुई सय ९ अर्थात (६२.३%) जनसंख्या खाद्यमा असुरक्षित रहेको छ । अन्य प्रदेशको तुलनामा प्राकृतिक श्रोत र सम्पदाको उपयोग मार्फत विकासका सम्भावना धेरै हँुदाहँुदै पनि गरिबिको संख्या धेरै रहेको छ ।

प्रदेशका अघिकाशं मानिसहरु गरिविको चपेटामा रहेको छन् । कोभिड १९ का कारणले प्रदेशमा थप नागरिकहरु भोकमरीको चपेटमा पर्ने सक्ने सम्भावना रहेको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

ज्ञापनपत्र हस्तानान्तरण गर्दै खाद्य अधिकार संजाल कैलालीका अध्यक्ष धनपति ढुंगेलले जमिनको उत्पादन शक्ति ह्रास हँुदै जानु, किसान मैत्री कानुन नहुुनु, विद्यमान कानुनी प्रावधानको कार्यान्वयन नहुनु नै खाद्य उत्पादनको मुख्य समस्या रहेको बताए ।

समयमा कृषि औजार तथा सामग्री (मल, विउविजन, प्रबिधि तथा ज्ञान) उपलब्ध नहुनु, मौसम परिवर्तनका कारण आकाशे पानी आवश्यक मात्रा भन्दा कम र बढी पर्नु पनी समस्या रहेको उनले बताए ।

समयमा खेती गर्न नपाउनु, जंगली जनावरले खेतीपाती नष्ट गरिदिनु, सिंचाइ नहँुदा खेती गर्न नपाउनु आदि कारणले उत्पादनमा कमी हुदै गएको उनको भनाइ छ ।

अर्कोतर्फ खाद्य बितरण प्रणालीको प्रभावकारी कार्यान्वयन, खाद्य गुणस्तरको सूनिश्चिता, खाद्यन्नको प्रयाप्तता र पुहुंचको अवस्था समेत सुनिश्चित गर्न सरकारले सकेको अवस्था छैन ।

खाद्य अधिकारका दृष्ट्रिले अति जोखिममा रहेका वाढि पहिरो पिडित, मुक्तकमैया, मुक्तहलिया, भुमिहिन, सुकुम्बासी, विकास निर्माणका कारण प्रभावित नागरीक, आरक्ष पिडित, सिचाई नभई खेती गर्न नपाएका प्रभावित किसानहरुको खाद्य अधिकारका सवाल सम्बोधन गर्ने चुनौती बन्दै गएको छ ।

ज्ञापनपत्रमा प्रदेश खाद्य तथा पोषण सुरक्षा योजना निर्माण गरि जोखिममा रहेका समुदायको पहिचान् गर्नुपर्ने, उत्पादन तथा बितरण प्रणालीको सुदृद्धिकरण गर्नुपर्ने माग रहेको जनाइएको छ ।

खाद्यन्नको आपूर्ती तथा गुणस्तरियताको सुनिश्चित गर्नुपर्ने, कोभिड १९ का कारणले विदेश जान वाध्य नागरीकहरुलाई प्रदेश भित्र रोजगारी सृजना हुने र उत्पादन संग जोडिने अवसरहरुको सृजना गर्नुपर्ने लगायतका मागहरु राखीएको छ ।

कार्यक्रममा पूर्व सामाजिक बिकास मन्त्री तथा प्रदेश सभा सदश्य दिर्घ सोडारी, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायत पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष तथा खाद्य अधिकार पत्रकार समुह सुदूरपश्चिम संयोजक अर्जुन शाह, गैर सरकारी संस्था महासंघ सुदुरपश्चिम संयोजक देवि खनाल, खाद्य अधिकार संजाल सुदुर पश्चिम संयोजक बल बहादुर रोकाया, याक नेपालका कार्यकारी निर्देशक डबल बम तथा फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत मुकुन्द रानाको एक्यबद्धता रहेको थियो ।

टोली लाई सम्बोधन गर्दे भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय बिनिता देवी चौधरीले नागरिकको जीवन संग प्रत्यक्ष सरोकार राख्ने तथा संवैधानिक हक संग जोडिएको बिषय उठान गरेकोमा धन्यवाद दिदै आजै मन्त्रालयमा बैठक राखि छलफल गर्ने तथा सो बैठकमा उपस्थित अधिकारकर्मीहरुलाई समेत आमन्त्रण गरेका थिए । साथै यस बिषयमा मन्त्रालयले यथासिघ्र्र आवश्यक पहल गर्ने जनाएको छ ।

बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.