डोटी, १८ मंसिर/डोटीको बडीकेदार गाउँपालिका–२ मा दश शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दको अध्यक्षतामा भूमिपुजन गरी अस्पतालको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कार्यरत कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
