धनगढी, १७ मंसिर/ नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओलीलाई महँगो पर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै थापाले सामाजिक सञ्जालमा उनले यस्तो चेतावनी दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका थापाले लेखेका छन्, ‘ वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन । यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी शर्मा ओली यो तपाईका लागि निकै महँगो पर्नेछ।’
नेका वरिष्ठ नेता Ram Chandra Paudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। K P Sharma Oli यो तपाईँका लागि निकै महँगो पर्नेछ।