काठमाडौं १७ मंसिर- पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ।पछिल्लो २४ घन्टामा देशभरबाट कोरोनामुक्त हुनेको संख्या दुई हजार ७३ रहेको छ।
अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १६ हजार ५९४ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको मन्त्रालयले छ।