बाजुरा, १६ मंसिर/ बडीमालिका नगरपालिकाले कृषकको विउ बचाउन र ताजा तरकारी फलाउन आधुनिक सिंचाई प्रबिधी अपानाएको छ । पानीको श्रोत कम भएको तर वस्ति नजिकको खेतवारी सिंचाइँ गर्न बहुउपयोगी पानी पाखरी निर्माण गरेको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिए ।
बडीमालिका नगरपालिकाका १७ ठाउँमा पानीपोखरी निर्माण गरिएका छन् । कोद्र्धमाचार, मना ३, रिलाचार, पाटा, सल्लेना, माझिगाँउ, देनजुुगाडा, पिनालेख , नुवाकोट , रजाली र डुुग्रीमा एक÷एक पानीपोखरी निर्माण गरेर उपयोगमा ल्याएको नगरप्रमुख बडुवालले बताए । १ करोड ३६ लाख रुपैंयाका लागतमा पानीपोखरी हालै निर्माण गरेका हुन् । प्रतिपोखरी आठ लाख रुपैंया खर्च गरी भु संरक्षण कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएका पोखरी बाट किषानले लाभ उठाएका छौं , कृषक महेन्द्र रावलले भने । मुलटंकी र पानीपोखरी गरी दुुई टंकी संगैनिर्माण गरिएका छन् ।
बिहान बेलुकी मुल रिजरभाइ टंकीवाट खानेपानी धारामा पठाईन्छ भने राति उक्त पानीपोखरीमा जम्मा गरिन्छ । रातभर जम्म ाभएको पानीले करेसाबारीलाई सिंचित गर्न पुुग्छ । खानेपानीको दोहोरो सुविधा उपभोग भएको कृषक बताउँछन् ।
बडीमालिका नगरपािलकाकाप्राय जसो गाउँमा पानीपोखरी पुुगेपछि ताजा तरकारी तथा फलफुल उत्पादन गर्न सहज भएको देखिन्छ । बडीमालिकाका नगरपालिकाका ३ हजार १ सय २९ परिवार मध्ये करिव आठ सय परिवारकालागि पानीपोखरी सुबिधा भएको छ । बाजुराको अधिकांश खेतीयोग्य जमिन असिंचित छ । खानेपानीधारा गाउँगाउँमा पगेका छन् । खानोपनीको सदुपयोग गरी पानीपोखरी निर्माण गरे कषकलाई घरबारी सिंचित गर्न सहयोग पुुग्ने देखिन्छ ।