धनगढी, १६ मंसिर/ बझाङ्गको केदारस्युँ गाउँपालिकाले तीन प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष इन्द्र भण्डारी र उपाध्यक्ष निशा धामीले गाउँपालिकामा रहेका तीन प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरेका हुन ।
गाउँपालिका भित्र रहेका देउरा, बागथाला र झोता प्रहरी चौकीलाई पालिकाले १ सय ५० सिसिको पल्सर मोटरसाईकल खरीद गरी हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष भण्डारीले अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको निमित्त गाउँपालिकाले मोटरसाईकल गरीद गरी हस्तान्तरण गरेको बताए ।
शान्ती सुरक्षामा अहोरात्र खट्ने प्रहरी जुनसुकै समयमा जहाँ पनि जानुपर्ने हुनाले गाउँपालिकाले सहयोग गरेको गाउँपालिका उपाध्यक्ष धामीले बताइन् । उनले गाउँपालिकाको शान्ति सुरक्षामा आगामि दिनमा थप सहयोग पुग्ने बताइन् ।
