धनगढी, १६ मंसिर/ सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारिले सरकारले स्वास्थ्य क्षेत्रमा गरेको निर्णय युगान्तकारी भएको बताएका छ्न ।
मंगलबार गौरीगंगाा नगरपालिका स्तरिय १५ शैया अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै सरकारका धेरै कमजोरी रहे पनि अस्पताल बनाउने निर्णयले आम नागरिकको स्वास्थ्य सुरक्षा ग्यारेन्टी गर्ने बताए ।
उनले स्वास्थ्य क्षेत्र संगसंगै सबै क्षेत्रमा सरकारले विकासका गतिविधी अगाडी बढाउनु पर्ने बताए । शिलान्यास गरिएको स्वास्थय भवन निमार्णको कार्य समयमै सम्पन्न गर्न सोडारीले निर्देशन दिए ।
सोडारीले कोभिड–१९ रोग संक्रमण लाई मध्य नजर गर्दै स्वास्थ्यमा लगानी बढाउनु पर्ने बताए ।