धनगढी, १६ मंसिर/ कैलालीको गौरीगंगा नगरपलिका–८ बडैपुरमा अस्थायी प्रहरी बिट उद्घाटन गरीएको छ ।
गौरीगंगा एघार स्पोर्ट्स क्लबको पहल तथा नगरपालिकाको कार्यालय र बदैपुर बजार व्यवस्थापन समितिको सहयोगमा निर्माण गरिएको अस्थायी प्रहरी बिटको उद्घाटन गरिएको हो ।
बिटको उद्घाटन गर्दै उनले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिइ जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
गौरीगंगा एघार स्पोर्ट्स क्लबको पहलमा निर्माण भएको उक्त बिट उदाहरणीय कार्य रहेको चर्चा गर्दै नगर प्रमुख भिम बहादुर देउवाले जनअपेक्षा र आवश्यकता अनुरुप नेपाल सरकार विकास तथा पूर्वाधार निर्माणमा क्रियाशील रहेको जनाए ।
उनले लागूऔषध, गुण्डागर्दी, ठगी, भष्ट्राचार जस्ता समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी र स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको पनि बताएका थिए ।
नगर प्रमुख देउवाको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी बिट उद्घाटन गरीएको हो । कार्यक्रममा कलि रक्षा गणका प्रमुख करसाब प्रदीप थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम सेमशेर राणा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष तुला राम सापकोटा, कैलारी गाउपालिका–८ का वडाध्यक्ष दुखी राम चौधरी, गौरीगंगा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र देवकोटा, नगर विकासका अध्यक्ष कृष्ण देउवा लगायत राजनीति दलका पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बडैपुर बजार व्यापारी, विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिबि, सुरक्षाकर्मी, पत्रकार र युवाहरुको उपस्थित भएका थिए ।
कार्यक्रम सञ्चालन नर बहादुर देउवाले गरेका थिए । गौरीगंगा एघार स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।