धनगढी, १६ मंसिर/डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले राजीनामा दिएका छन्।
उनले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन। बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले काम गर्न नसकेर राजीनामा दिएको बताए।
‘निर्वार्चित भएपछि मलाई असहयोग हुँदै आएको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित भएका साथीहरुले मेरा राम्रा कामलाई वेवस्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवस भए’ उनले भने
आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनको भनाई छ।