• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मध्यरातमा सिमामा नेपाली अलपत्र !

"बर्दादेवी टूर एण्ड ट्राभल्सको एकपछि अर्को बद्मासी : यात्रुलाई सडकमै छाेडेपछि पलियाबाट राति फर्के "

धनगढी (गौरीफन्टा), १६ मंसिर – रोजगारीका लागि भारत गएका नेपालीहरु भारतको पलियाबाट पुनः नेपाल फर्केका छन् । धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मंगलबार बिहान १ बजे १३० जना यात्रु धनगढी फर्केका हुन् ।

भारतको बैंगलोर जान भनि हिँडेका गौरीगंगा नगरपालिका–५, अण्डैयाका राजकुमार गिरी भारतको पलियाबाट मंगलबार बिहान १ बजे पुनः धनगढी फर्केका हुन् । उनले भने,‘धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट बैंगलोर जान भनेर टिकट लिएका थियौँ । अहिले पलियामा पुगाएर अलपत्र छाडियो ।’ भारत जाने भनेर हिँडेका आफूहरुलाई बीच बाटोमै अलपत्र छाड्ने ट्राभल्स एजेन्सीलाई कानुनी कारबाही गरिनुपर्ने उनले बताए ।

रोजगारीका लागि भारत जानेहरु मंगलबार बिहान १ बजेको समयमा पुनः धनगढी फर्कर्दा बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीको ठगीका कारण आफूहरुले दुःख पाएको डडेल्धुरा रुपालबाट भारत जान भनि हिँडेका ज्ञानसिंह ठकुराठीले बताए । उनले भने,‘हामीलाई बैंगलोर पठाउँछौ भनेर धनगढीमा टिकट काटियो, पलियामा ल्याएर अलपत्र छाडियो ।’ उनले बर्दादेवीको ठगी धन्दाका कारण आफूहरुले दुःख पाएको बताउँदै भने,‘बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिलाई ठगी अभियोगमा नेपाल सरकारले कानुनी दायरामा ल्याउनुपर्छ ।’
सशस्त्र सीमा सुरक्षा बल गौरीफन्टा नाकाका सुरक्षाकर्मीका अनुसार मंगलबार बिहान धनगढीबाट हिँडेका १३० यात्रु पुनः धनगढी नै फर्केका छन् । उनीहरुका अनुसार ९१ जना पुरुष, २९ जना महिला र १० जना बालबालिका रहेका छन् ।

यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए । मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाडेको थियो । अलपत्र छाडिएका २३ जना यात्रु धनगढी फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको रोहबरमा उनीहरुलाई टिकट बापतको रकम फिर्ता गराइएको थियो ।

अहिले पनि पुनः भारतको पलियामा सोही ट्राभल्सका यात्रुहरु अलपत्र छाडिँदा जिल्ला प्रहरीको नियतमाथि शंका उब्जिएको सरोकारवाला बताउँछन् ।

मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.