धनगढी, १५ मंसिर- बिश्व एड्स दिवस २०२० को पूर्व सन्ध्यामा धनगढी उप–महानगरपालिकामा तयारी बैठक सम्पन्न भएको छ ।
उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टको संयोजकत्वमा बैठक बसेको थियो ।
बैठकको समन्वय धनगढी उप–महानगरपालिले र सहयोग होपब्रिजले गरेको थियो । उप–प्रमुख सुशीला मिश्रले होपब्रिजले बिश्व एड्स दिवस २०२० को पूर्व सन्ध्यामा कार्यक्रमका लागि समन्वय गरेको भन्दै धन्यवाद दिईन ।
बिश्व एड्स दिवस २०२० को अवसरमा एचआईभी संक्रमतिलाई कम्वल र स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको होपब्रिजका प्रदेश संयोजक महेन्द्र बमले बताए ।