धनगढी, १३ मंसिर- कन्चनपुरको कृष्णपुर नगरपालिकाले २८ जना कर्मचारी मागेको छ । कृृष्णपुर नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, पहिचान र प्रमाणिकरणको गर्नका लागि २८ जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि कार्यविधि २०७७ अनुसार करारमा २८ जना कर्मचारी माग गरेकोको जनाएको छ ।
जसमा सर्बेक्षक ४ जना, अमिन ४ जना, तथ्याङ्क संङ्कलक ८ जना, लगत प्रबिष्टिकर्ता, सामाजिक परिचालक र फिल्ड सहयोग ४÷४ जना माग गरिएको छ । नगरपालिकाले उक्त पदका लागि आवेदन दिन शुक्रबार देखि १५ दिनको म्याद तोकेको छ ।
कर्मचारी आवश्यक्ताको सुचना यस्तो छ ।

