• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

उच्चस्तरीय अनुगमन टोलीद्वारा विकास आयोजनाको अनुगमन

धनगढी, १३ मंसिर । सङ्घीय सरकारको विभिन्न निकायका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको शुक्रबार स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको छ ।उक्त सिँचाइ आयोजनाको अनुगमन गर्ने क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले पूर्व तयारीको अभावले आयोजना निर्माणको काममा ढिलाइ देखिएको बताए ।

वलीले भने, “योजना सञ्चालन गर्दा आउनसक्ने अप्ठ्याराहरुको पहिले नै पहिचान गरी समाधान गर्न नसक्दा योजनाको काम द्रुत गतिमा अगाडि बढ्न नसकेको अनुगमनबाट देखिन्छ ।”उनले यो अनुगमनले आगामी योजनाहरुको पूर्वतयारीका लागि पाठसमेत सिकाएको बताए । ऊर्जा, जलस्रोत, तथा सिंँचाइ मन्त्रालयका सचिव मधुसुधन अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी देखिएका समस्याहरुलाई केन्द्रीय तहमा छलफल गरी समस्या समाधानको बाटो खोज्ने र कामलाई द्रुत गतिमा अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको अनुगमन थालिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय गौरवको आयोजनाहरुको संयुक्त अनुगमन सुरु गरिएको बताए । उनले अनुगमनका क्रममा देखिएका आयोजनाका चुनौतीलाई मन्त्रिपरिषद्बाट समाधानको बाटो खोजिने बताए । उक्त सिँचाइ आयोजना प्रमुख केदार श्रेष्ठले आयोजनाको हालसम्म करिब ४८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए ।

आगामी वैशाख भित्र मूल नहर र चालु आर्थिक वर्षको अन्तिमसम्म विद्युत् आयोजनाको उद्घाटन गरिने उनले बताए । “हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौँ, आयोजना प्रमुख श्रेष्ठले भने,“ मुआब्जा वितरण र वनको रुख कटानीको प्रक्रियामा जानु पर्दा काममा बाधा पु¥याएको थियो ।” उच्चस्तरीय उक्त टोलीमा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मासमेत सम्मिलित छन् ।

जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको मुहानको इन्टेकबाट पश्चिमतर्फ जाने आठ दशमलब आठ किलोमिटर लामो मूल नहरको निर्माणको काम पूरा भइसकेको छ ।चिसापानी स्थित मुहान ९इन्टेक० मा पानी नियन्त्रण गर्न निर्माण पूरा भएका आठ वटा ढोकाबाट नहरमा पानी खसाल्ने व्यवस्थाका लागि गेट उचाल्ने र बन्द गर्ने उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।

मूल नहरको दक्षिणतर्फको फिडर नहरमध्ये दश दशमलव ५० किलोमिटर लामो फिडर नहरको निर्माण पनि पूरा भएको छ । यस्तै लम्कीतर्फको विस्तार नहर १४ दशमलव सात किलोमिटर लामो रहेकोमा छ किलोमिटर लामो नहर निर्माण पूरा भएको छ । लम्की विस्तार तर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ ।

यो क्षेत्रमा नहर निर्माणका लागि रेखाङ्कन भएको ठाउँमा कूल ३९ हेक्टर जग्गाको मुआब्जा दिनु पर्नेमा हालसम्म ३६ हेक्टर जग्गाको मुआब्जा सम्बन्धित जग्गा धनीलाई वितरण गरिसकिएको छ । आयोजना अन्तर्गतका रानी, जमरा र कुलरिया फिडर नहरका तीन वटै इन्टेक निर्माण पनि पूरा भइसकेको छ ।दक्षिणतर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाट विद्युत् आयोजनाको विद्युत् गृह निर्माण कार्य ७० प्रतिशत पूरा भइसकेको छ । नेपाल सरकारको लागत र जनश्रमदानसमेतबाट विसं २०६६ बाट निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरणको निर्माणको काम आर्थिक वर्ष २०७४र०७५ मा पूरा भएको थियो । आर्थिक वर्ष २०७५र०७६ बाट दोस्रो चरणको काम सुरु गरिएको थियो ।

विश्व बैंकको ऋण सहयोगसमेत रहेको यो आयोजना निर्माणको काम आगामी सन् २०२३ मा पूरा गर्ने लक्ष्य लिइएको छ । मूल नहरको रेखाङ्कनमा परेको मुक्त कमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण विगतमा केही समय आयोजना निर्माणले गति लिन सकेको थिएन । मुक्त कमैया बस्तीका परिवारलाई हाल जग्गाको सट्टा भर्ना दिई अन्यत्र ठाउँमा पुनःस्थापना गरिसकिएको छ ।

आयोजना अन्तर्गतनै पूर्वपश्चिम राजमार्गको समानान्तर हुने गरी विस्तार गर्न लागिएको लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब छ हजार हेक्टर र दीर्घकालमा कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ ।आयोजनाको सिँञ्चित क्षेत्रको जग्गालाई कटान रोकथाम गर्न कर्णाली, चोरी, चरेला, रोरा, पथरैया नदी र जिल्लाको दक्षिणी सीमाको मोहना नदी नियन्त्रणको कामसमेत भइरहेको छ । कोभिड—१९को सङ्क्रमणका कारण शुरुका महिनामा निर्माण कार्यमा प्रभाव परे पनि अहिले निर्माण कार्य निरन्तर भइरहेको आयोजनाका सूचना अधिकारी पेमा लासिवाले बताए ।

आयोजनाको निर्माण सुरु गरिएसँगै जिल्लाको पूर्वी क्षेत्रमा कृषि उत्पादन वृद्धिसम्बन्धी विभिन्न क्रियाकलापसमेत भइहेका छन् । झण्डै १२० वर्ष अघिदेखि नै स्थानीय कृषक समूहद्वारा आफ्नै परिश्रमले व्यवस्थापन र प्रयोग हुँदै आएको यो ठूलो सिँचाइ प्रणाली हो । आर्थिक वर्ष २०६६र०६७ देखि नेपाल सरकारले यो सिँचाइ प्रणालीलाई आधुनिकीकरण गर्न सुरु गर्दै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो ।

यो आयोजनाको निर्माण पूरा भएमा लम्कीचुहा नगर क्षेत्र र टीकापुर नगर क्षेत्रको १४ हजार ३०० हेक्टर जग्गा सिँचाइ सुविधा पुग्ने भई एक लाख ४२ हजार ३६६ जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । अनुगमन टोलीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग प्रदेशमा सञ्चालित ठूला विकास आयोजनाबारे छलफल गरेको थियो ।

बिहीवार नै टोलीले कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना र महाकाली नदीमा निर्माणाधीन पुलको स्थलगत अनुमगमन निरीक्षण गरेको थियो ।

शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.