धनगढी, १२ मंसिर/ जोशीपुर जेसीसले आयोजना गरेको ‘जेसीस सप्ताह कार्यक्रम २०२०’ को आज तेस्रो दिनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबारदेखी सुरु भएको सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । पहिलो दिन बन तथा वातावरण संरक्षण एवंम अभिमुखीकरण कार्यक्रम, दास्रो दिन ट्राफिक नियम पालना सम्बन्भी जनचेतना मुलक कार्यक्रम र माक्स वितरण र आज तेस्रो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको जाेशीपुर जेसिजका अध्ययक्ष बिष्णुप्रशाद डगाैराले जानकारी दिए । यस्तै थप एकदिन सम्मान कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रमममा जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गिता कठरीया, पत्रकार धर्मेन्द्र बिष्ट, सुदराम दहित, गाउपालिकाका कर्मचारी बबीता ढकाल , बसन्ती धामी, रमेश पाण्डे, रमेश जोशी लागायत व्यवसायीहरुको उपस्थीती रहेको थियो ।