बाजुरा १२ मंसिर- जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ ।
नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको हो ।
यस अघि नगर प्रमुख दिपक शाह, बुढीगंगा २ का वडा अध्यक्ष हिरालाल थापालाई कोरोना संक्रमण देखिएको थियो ।