• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्कुलमा यौनशिक्षा

यमुना पराजुली अधिकारी/

२०४९ सालमा ठमेलको एउटा होटलमा नौ वर्षकी बालिका बलात्कृत भइछन् । घटना सार्वजनिक भएपछि केही महिलाहरू महिला सुरक्षा हुनुपर्‍यो भन्ने ज्ञापनपत्र लिएर गृहमन्त्री योगप्रसाद उपाध्यायकहाँ गएछन् ।

ज्ञापनपत्र हेरेर गृहमन्त्रीले ‘बलात्कार नहोस् भन्न खुर्सानीको ढुटो बोक्ने र लामो नङ पालेर हिँड्ने’ जवाफ फर्काएपछि महिलाहरू निकै आक्रोशित भएछन् । फलस्वरूप ‘महिला सुरक्षा दबाब समूह’ गठन गरिएछ ।

उपर्युक्त प्रसंग मैले पत्रकाररलेखक अमृता लम्सालले एउटा अनलाइनसँग गरेको कुराकानीबाट थाहा पाएकी हुँ । पत्रकार लम्सालले देखे–भोगेको घटना रहेछ यो । त्यो कुराकानी पढिरहँदा म आफ्नै बाल्यकालतर्फ फर्कें, किनभने २०४९ सालमा म पनि नौ वर्षकै थिएँ । आमाबाबुको काखमा लुटुपुटु गरिरहेकी थिएँ होला । ‘बलात्कार’ शब्द सायद मैले सुनेकी थिइनँ । सुन्तले चकलेट र फूल मिठाई बोकेर तल्लो घर माथ्लो घर गर्थें होला । ती बालिकाको पनि त त्यही उमेर थियो । उनी त्यो उमेरमा कसरी त्यो होटलमा पुगिन् होला ? गृहमन्त्रीले किन त्यस्तो ठट्यौली उत्तर दिए होला ? आफ्नै परिवारका छोरीचेली त्यो घटनामा परेका भए पनि उनले त्यस्तै उत्तर दिन्थे होला ?

बलात्कारलाई सरकारले त्यही बेला गम्भीरतापूर्वक लिएर अपराधीविरुद्ध कठोर कदम चालेको भए यी अट्ठाइस वर्षमा यससम्बन्धी केही न केही नतिजा त पक्कै आउने थियो । २०४९ सालदेखि हालै सम्झना विकको बलात्कारसम्म पनि स्थिति उही छ । शिक्षालाई संकुचित घेराबाहिर ल्याउने प्रयत्न गरेको भए पनि केही हदसम्म प्रभावकारी हुने थियो । पुरुषहरूले स्कुले जीवनदेखि यौन र प्रजननबारे बुझ्न नसकेकै कारण पनि यस्ता डरलाग्दा घटनाहरू भइरहेका हुन् । चौध वर्षको किशोरले चार वर्षकी बालिकालाई किन बलात्कार गर्छ ? यौनशिक्षाको अभावकै कारण यस्तो भएको हुन सक्छ ।

स्कुलमा यौनशिक्षा त दिइन्छ तर हाम्रो पाला र अहिले खासै परिवर्तन आउन सकेको छैन । म ग्रामीण परिवेशमा हुर्किएँ । पहिलोपटक महिनावारी हुँदा मलाई घरमा यसबारे भन्न निकै कठिन परेको थियो । आमाले बुझिदिनुभए हुन्थ्यो भनी वरपर घुमेर बाहिरफेर नै बसेकी थिएँ म । तर आमाले बुझिदिनुभएन र कालोनीलो हुँदै, काम्दै मैले उहाँलाई सुनाएकी थिएँ । यस्तो किन भयो त ? संकुचित शिक्षाका कारण । हामीले स्कुलमा पढ्दै महिनावारी हुनु प्राकृतिक नियम नभएर लाजैमर्दो कुरा हो भनेर बुझ्यौं । महिनावारी हुँदा कसैले थाहा पाउँछ कि भनेर निकै डर लाग्थ्यो । जनस्वास्थ्य पढाउने सर कक्षामा पस्दा हामी कालोनीलो हुन्थ्यौं । पुरुष सहपाठीहरू हामीतिर हेर्दैनथे । सरको पनि उही हाल हुन्थ्यो । आफ्ना शरीरका अंगहरूको नाम लिनुपर्दा सर मरेतुल्य बन्नुहुन्थ्यो । महिनावारीको कुरा आउँदा त हामी पानीपानी नै भइहाल्थ्यौं । त्यही भएर कतिपय पढाइ टालटुलमै सकिन्थ्यो । जनस्वास्थ्य शिक्षकले कहिल्यै हामीलाई फलानो थोक भनेको यस्तो हो, यो यस्तो हुन्छ भनेर अर्थ्याउन सक्नुभएन । यही कारण हामीमा एक प्रकारको जिज्ञासा र लाज रही नै रह्यो ।

अहिले मलाई लाग्छ, हाम्रा जनस्वास्थ्य शिक्षकलाई तालिमको अभाव थियो । उहाँले हक्की भएर हामीसँग आँखा जुधाएर पढाउनुभएको भए हाम्रो लाज, संकोच र जिज्ञासा केही कम हुने थियो । यो भयो ग्रामीण परिवेशको, बाइस–चौबीस वर्षअगाडिको कुरा । अर्कातिर, सहरमै जन्मे–हुर्केका हाम्रा छोराछोरीसमेत यौनबारे खुलेर बोल्न सक्तैनन् । फरक यति छ, उनीहरूलाई इन्टरनेटका माध्यमबाट सबैजसो थाहा छ । हामीचाहिँ पूरै अनभिज्ञ थियौं । हाम्रा छोराछोरी यौनबारे खुलेर बोल्न नसक्नुको कारण हो– स्कुले यौनशिक्षामा पहिले र अहिलेमा खासै फरक छैन । जुन विषय जति छोपिन्छ, त्यसबारे त्यति नै जिज्ञासा बढ्छ । जिज्ञासा बढेपछि अपराध बढ्छ । अनि सुन्नुपर्छ बालिका बलात्कारका घटना ।

अहिले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने आवाज उठिरहेको छ । बलात्कार रोक्ने अन्तिम उपाय यही हो त ? मृत्युदण्ड दिँदैमा बलात्कार घट्ला ? सायदै घट्ला । बलात्कारीलाई हदैसम्मको कारबाहीचाहिँ हुनैपर्छ । तर सजाय भनेको पछिको कुरा भयो, बलात्कार नै हुन नदिन पहिले यसबारे चेतना र शिक्षा गाउँगाउँमा पुर्‍याउनुपर्छ ।

शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.