धनगढी, १२ मंसिर/कैलालीको गौरीगंगा नगरपालिका–९ मुसरीयाका स्थानिय लोक देउवाको घर सोही वडा वडासदस्य गोमा भण्डारीले भत्काएपछि परिवार बिचल्लीमा परेका छन् । नेकपाबाट निर्वाचित वडा सदस्य भण्डारीले उक्त घर भएको जग्गा आफ्नो भएको दाबी गर्दै भाडामा कामदार लगाएर भत्काउन लगाएकी हुन ।
आफु जनप्रतिनिधी भएकै कारण दादागरि शैलीमा १० बर्षदेखी बस्दै आएको घर भत्काएको पिडित परिवारको आरोप छ । प्रति जग्गामा घर बनाएर दश बर्षदेखी बस्दै आएको र अहिले आफ्नो जग्गाभन्दै घर भत्काएको घरधनी देउवा बताए ।
उनले भने–‘हामीले लालपुर्जा देखाउनु जग्गा लैजानु भन्दापनि देखाउनु हुन्न, अमिन ल्याएर नापौ भन्दा समेत वेवास्ता गर्दै दादागिरी शैलीमा आएर घर भत्काएर गए ।’
उनले वडा कार्यालय, प्रहरी र नगरपालिका न्यायीक समितीमा उजुरी दिएको बताए । आफ्नो घर भएको जमिन प्रती जग्गा भएको उनको दाबि छ ।
यता वडा सदस्य गोमा भण्डारीले भने जग्गा आफ्नै भएको र देउवा परीवारलाई ५ बर्षकोलागी भाडामा दिएको बताइन् । उनले भनिन–‘जग्गा पाचँ बर्षको लागी भाडामा दिएका थियौं, उहाँहरु सात बर्षसम्म बस्नुभयो, अहिले न भाडा तिर्ने, न जग्गा छोड्ने भएपछि भत्काउन बाध्य भएका हौं ।’
जग्गा भाडामा दिनेबेला मौखीक सम्झौता मात्रै भएको र अहिले जग्गा हड्प्न खोजेपछि घर भत्काएको उनले बताइन् । भण्डारीले जग्गा आफ्नै भएको दाबि गरिन् ।