धनगढी, ११ मंसिर/नेपाली कांग्रेसका गौरीगंगा नगरपालिका–६ (साबिक चौमाला ८) का संस्थापक वडा सभापति स्वर्गिय डिल्ली सिंह बमको बार्षिक पुण्य तिथिमा आज श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस गौरीगंगा नगरपालिका–६ वडा कार्यसमितिको आयोजनामा पार्टी कार्यालय बनबेहडामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले स्वर्गीय बमको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाली काङ्ग्रेस वडा सभापती दानबहादुर कुवँरको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । यस्तै कांग्रेस कैलालीका जिल्ला सदस्य प्रेमराज ओझा र कमला शर्मा विशिष्ट अतिथी रहेका थिए ।
