धनगढी १० मंसिर –बुढीतोलाको एक होटलमा युवतीसंग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरीकाे घटना छानबिन गर्न समिति गठन गरेकाे छ ।
छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ ।
चौधरीको इञ्चार्जको जिम्मेवारी पनि खोसिएको छ । हाल जिल्लामा प्रहरी कार्यालय, कैलालीमा तानिएका उनले भने आफू सूचना संकलनका लागि त्यसक्षेत्रमा गएको र नेटवर्क नआउने ठाउँमा भएकाले गलत बुझिएको दाबी गरेका छन् ।
उनको दाबीमा सत्यता छ/छैन ? उनी किन त्यसक्षेत्रमा पुगेका थिए ? भन्ने विषयमा ५ दिनभित्र रिपोर्ट बुझाउन समितिलाई म्यान्डेट दिइएको छ । समितिले बुझाउने प्रतिवेदनका आधारमा चौधरीमाथि थप कारबाही हुनेछ ।
उनी मालाखेतीमा गएको दुई महिना मात्र भएको थियो ।
