धनगढी १० मंसिर/ बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने प्रलोभन देखाई घटना गाउँमै लुकाएको थियो ।
गत असारमा गाउँकै दिपक धामी नाम गरेका युवकले १८ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेर थिए । उक्त घटना गाउँका भद्रभलादमी बसेर कार्तिक मसान्तसम्म एक तोला सुन दिने सहमतीमा मिलाएको थियो ।
तोकिएको समयमा सुन नदिएपछि घटना बाहिर आएको हो । उक्त घट्ना गाउँमै मिलाउन बनाएको तमसुक समेत बाहिरीएको छ । उक्त घटना गाउँमै मिलाउपछि ती युवकले पटक पटक कुटपिट र गाली बेज्जती गर्ने गरेपछि पिडित किशोरी उजुरी दिन प्रहरीमा पुगेकी छिन् ।
पिडित किशोरीले भनिन–‘असार दोश्रो साता मलाई पानी भर्न गएको बेला ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गर्यो, पछि गाँउका भद्र भलादमी गाउँमै बसेर मिलाए ।’
उनले थपिन–‘बलात्कार गर्ने युवकका आफन्त मनोज धामी र अमर धामीले एक तोला सुन दिने भन्दै गाँउमै मिलापत्र गरेका हुन, आजभोली आफु र घरका अन्य सदस्यहरुलाई ज्यान मार्ने धम्की दिने, गाली गर्ने गर्दैछन् ।’